स्वर्णिम वाग्लेलाई कार्यवाहक दिएर भारत गए रवि र डिपी अर्याल

डिसी नेपाल
१३ माघ २०८० १३:०७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्।

सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।

सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन्। रास्वपा सभापति  लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *