राष्ट्रियसभाको निर्वाचनमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंयो : भीम रावल
काठमाडौं। नेकपा(एमाले)का नेता भीम रावलले राष्ट्रियसभाको निर्वाचनमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंएको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक संजाल फेसबुकमार्फत उनले संवैधानिक दलगत प्रतिस्पर्धा विपरीत भएको यस निर्वाचनले राजनीतिक आन्दोलनको उद्देश्य पराजित भएकाे उल्लेख गर्दै जनताको अपेक्षामाथि आघात पुगेको बताएका हुन्।
नेता रावलले गठबन्धनलाई अवसरवादको संज्ञा दिँदै यसले राजनीतिक दलहरूको सैद्धान्तिक अौचित्य र संघीय प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको जनाएका छन्।
‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलहरूको सिद्धान्तहीन राजनीति फेरी उदांगिएको छ।सिद्धान्तहीन र गन्तव्यहीन अवसरवादी गठबन्धन संवैधानिक दलगत प्रतिस्पर्धाको परिकल्पना होइन।’ ,नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘यस्तो अवसरवादले राजनीतिक दलहरूको सैद्धान्तिक अौचित्य र संघीय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। राजनीतिक आन्दोलनको उद्देश्य पराजित भएको छ र जनताको अपेक्षामाथि आघात पुगेको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment