आठ क्विन्टल प्याज नियन्त्रणमा

डिसी नेपाल
१६ माघ २०८० १०:३७
96
Shares

काठमाडौं। दाङमा प्रहरीले आठ क्विन्टल प्याज नियन्त्रणमा लिएको छ। दाङ सश्स्त्र प्रहरी बल नेपाल नं २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङ दाङले मङ्गलबार कपिलबस्तुको चन्द्रौटाबाट नक्कली बिल बनाई दाङ ल्याउँदै गर्दा अर्घाखाँचीको शितगङ्गा–८ सातमारामा  आठ क्विन्टल प्याज र ग २ ख ५३६ नं ट्रक नियन्त्रणमा लिएको हो।

गणपती सशस्त्र प्रहरी उपरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले चेकिङको क्रममा नियन्त्रणमा लिएको ट्रक र प्याजलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *