सुडान र दक्षिण सुडानका दुई समूहबीच भएको झडपमा ५२ जनाको मृत्यु

डिसी नेपाल
१६ माघ २०८० १६:४२
692
Shares

काठमाडौं । सुडान र दक्षिण सुडानको सीमामा दुई समूहबीच भएको भीषण भिडन्तमा दुई शान्ति सेनाका सैनिकसहित ५२ जनाको मृत्यु भएको राष्ट्रसंघले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । यस झडपमा ६४ जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सले एक अबेई मन्त्रीलाई उद्धृत गर्दै दक्षिण सुडानको वारेप राज्यका हतियारधारीहरूले शनिबार छिमेकी अबेई क्षेत्रमा आक्रमण गरेको बताए।

समाचार एजेन्सी एसोसिएटेड प्रेस एजेन्सीका अनुसार यो झगडा दुई समूह ट्विक डिन्का र न्गोक डिन्काबीच जमिनलाई लिएर भएको थियो।

दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन्। सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन।

उक्त क्षेत्रमा तैनाथ संयुक्त राष्ट्रसंघीय सुरक्षा बल ‘युनिस्फा’ ले शनिबार आफ्नो अखडामा भएको आक्रमणमा घानाका एकजना शान्ति सेनाको मृत्यु भएको जनाएको छ ।

युनिस्फाका अनुसार आइतबार एक पाकिस्तानी शान्ति सैनिकको गोली लागेर मृत्यु भएको हो । यी सिपाही घाइतेहरुलाई अस्पताल लैजान व्यस्त थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *