रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

डिसी नेपाल
१७ माघ २०८० ९:२३

काठमाडौँ। गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन् ।

उनको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *