राप्रपा नेपालको सकृय सदस्यता बितरण अभियान आजदेखि
काठमाडौं। राप्रपा नेपालले सकृय सदस्यता बितरण अभियान आजदेखि शुरु गर्ने भएको छ।
“आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सकृय सदस्यता लियपछी अभियान शुरु हुनेछ” पार्टीका महामन्त्री एबं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।
आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनबर्गीय संगठनका प्रमुखहरुले सकृय सदस्यता लिने पार्टीले जनाएको छ। सकृय सदस्यता सम्बन्धि अबधारणा तथा निति केन्द्रीय समितिको बैठकबाट पास भएपछि यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए।
सकृय सदस्यताको म्याद एक बर्ष र पाँच बर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ। एक बर्षे सकृय सदस्यताको शुल्क एक सय पचास र पाँच बर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ।
आज अभियानको शुभारम्भ भए पछि अब जिल्ला जिल्लामा पनि सकृय सदस्यता अभियान संचालन हुने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment