मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु
विराटनगर। मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment