सूर्यदर्शन सहकारी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा

डिसी नेपाल
२४ माघ २०८० २२:३५

काठमाडौं। नेपाल प्रहरीले सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी)राईका व्यापारिक साझेदार पूर्व डिआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको हो।

बुधबार साँझ प्रहरीले त्यहाबाट सहकारी र नेचर हबसम्बन्धी महत्वपूर्ण कागजात बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको भएपनि यसलाई गोप्य राखिएको छ।पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्रबाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्वपूर्ण कागजात बरामद गरेको हो।

सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्यूजन नोटिस जारी गरेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *