डा बसौलालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
यही माघ ९ गते डा बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश गरेको हो।
बोर्डका कार्यकारी निर्देशक डा बसौलाले आफूलाई कानुनविपरीत सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवदेन दायर गरेका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई हटाउन गत २४ पुस गते मन्त्रिपरिषद्लाई पुनः सिफारिस गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment