ललितपुरमा दुई बच्चा र आमाको मृत्यु
काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको आज साँझ मृत्यु भएको जानकारी दिए।
घरको चौथो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ती बच्चाकी आमाको पनि किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीले बताए। आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेकी आमाको पनि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment