अरुण चौधरीलाई रिहा गरेका न्यायाधीशको मुगु सरुवा
काठमाडौं। बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरुवा गरिएको छ।
केही महिनाअघिमात्र सरुवा भएर काठमाडौं जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन्।
प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला काठमाडौं जिल्ला अदालतले फेरि दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उक्त आदेशप्रति असन्तुष्ट रहँदै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment