‘रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ’

डिसी नेपाल
१ फागुन २०८० २१:४५
20
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ  खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताएका छन्।

पार्टी विदेश विभागको आज भएको बैठकमा उनले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाए। पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिए। अर्को एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले  समाजवादी मार्ग अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्ने विचार व्यक्त गरे।

त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता समाजवादी देशले गरेको विकासबाट हामीले पनि सिक्नुपर्ने बताए। पार्टी उपमहासचिव विजय पौडेलले सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने विचार व्यक्त गरे।

विभागका सचिव शङ्कर खतिवडाले विश्वमा बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे  छलफल गर्न आवश्यक भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *