चूनावदेखि चूनावसम्मको राजनीतिले देश बिगार्‍योः ओली

डिसी नेपाल
२ फागुन २०८० १९:२४
16
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चूनावदेखि चूनावसम्मको राजनीतिले देश बिगारेको बताएका छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थाबाट उन्नत समून्नत समाज स्थापना गर्न चूनावदेखि चूनावसम्मको राजनीति छाड्नुपर्ने बताएका हुन्। उनले नयाँ नयाँ भनिएका पार्टीहरुले गठबन्धनप्रति देखिएको वितृष्णाको फाइदा उठाएको जिकिर गरे। नयाँ भनिएका पार्टीहरुको कुनै गन्तव्य र भविष्य नै नरहेको उनले बताए।

ओलीले मुलुकलाई सबल राष्ट्रिय शक्तिको आवश्यक रहको भन्दै एमालेलाई निर्णायक सुदृढ राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने अभियानमा रहेको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *