माओवादीको विधान अधिवेशन

२० वटा समूहका सुझाव संकलन गरिँदै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने

डिसी नेपाल
३ फागुन २०८० १२:४२
8
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरु भएको छ।

सोमबारदेखि जारी विधान अधिवेशनमा २० वटा समूहमा विभाजित गरेर प्रत्येक समूहबाट संकलित सुझावमाथि आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिन लागेका छन्।

अध्यक्ष दाहालले प्रस्तुत गरेको विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव संकलन गर्न सुरु गरिएको हो।

मंलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएर सुझाव संकलन गरिएको थियो।

हिजो बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ।

आज बाँकी सात समूहले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलजे जवाफ दिनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *