डिसी नेपालको लेन्सबाट ताजमहलको सुन्दरता (फोटोफिचर)

दिपा पौड्याल
३ फागुन २०८० १३:३४

काठमाडौं। भारतको पर्यटकीय स्थल मध्येको महत्वपूण स्थल हो ताजमहल। यो भारतको उत्तर प्रदेशको आगरामा यमुना नदीको दाहिने किनारमा अवस्थित छ । सेतो संगमरमरले बनाइएको यो ताज महलमा देश तथा विदेशका थुपै पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

ताज महल १६१३मा पाँचौं मुगल सम्राट, शाहजहाँद्वारा पत्नी, मुमताज महलको चिहान राख्नका लागि निर्माण गरिएको हो । जहाँ शाहजहाँको पनि समाधि रहेको छ । ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो ।

ताजमहल लगभग १७ हेक्टेयर जमिनमा फैलिएको छ । विशाल मुगल बगैंचा साथमा यमुना नदीको किनारमा उभिएको सेतो संगमरमरले बनेको विशाल समाधि ताज महलको पृष्ठभूमिमा सूर्योदय र अस्ताउँदो दृश्य हेर्नु निकै नै आर्कषक रहने गर्दछ । डिसी नेपालकोको लेन्समा यस पटक ताजमहलका सुन्दर तस्बिरहरुलाई कैद गरेका छौं ।

हेर्नुहोस् तस्बिर:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *