ड्युटीमा खटिएकी महिला प्रहरीको श्रीमानद्वारा गोली हानी हत्या

डिसी नेपाल
३ फागुन २०८० २२:०६
388
Shares

काठमाडौं। ड्युटीमा खटिएकी महिला प्रहरीमाथि विदामा बसेका अर्का प्रहरीले गोली हानी हत्या गरेका छन्।

दाङको घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेका हुन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी कुबेर कडायतका अनुसार महिला प्रहरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर बिहिबार विदामा आएका थिए। महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *