आगामी आर्थिक बर्षका लागि १८ खर्बको बजेट सिलिङ {भिडियो}

डिसी नेपाल
४ फागुन २०८० १३:४६

काठमाडौं। आगामी आर्थिक बर्षका लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिए।

अर्थमन्त्री महतले अर्धबार्षिक समिक्षामार्फत चालू आर्थिक बर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गरेका छन्।

यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको बजेटको लक्ष्य घटाएका थिए। उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दावी गरे।

उनले सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताए। अर्थमन्त्री महतले प्रधानमन्त्रीसंग कुनै विवाद नभएको र अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *