एमाले सांसदको माग: मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्नू {भिडियोसहित}

डिसी नेपाल
६ फागुन २०८० १३:०८

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै एमालेका सचेतक महेश बर्तौलाले ललितपुरको बालकुमारीमा दुईजनाको मृत्यु हुने गरि भएको घटनाको सरकारी छानविन समितिले मन्त्रीकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकालेको भन्दै मन्त्री ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरेका छन्।

सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसकिने उनले बताए ।

त्यस्तै उनले भ्रष्टाचार मुद्धामा अख्तियारमा बयान दिने व्यक्ति समेत मन्त्रीको रुपमा सरकारमा बसिरहेको भन्दै प्रधानमन्त्रीको सुशासन अभियानलाई खिल्लि उडाएको तर्क गरे। त्यस्तै उनले घरबेटीको छोरालाई खुसी पार्न रामग्राम क्षेत्र निजी क्षेत्रलाई दिने निर्णय रोकिएपनि यसमा भ्रष्टाचारको आशंका रहेको जिकिर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *