सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल बर्खास्त

डिसी नेपाल
६ फागुन २०८० २०:०४
80
Shares

काठमाडौं। सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै सरकारले दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्नुका साथै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त गर्ने लगायतका निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *