कावासोतीमा ५ गिद्ध मरेको अवस्थामा फेला
पूर्वी नवलपरासी। कावासोतीमा ५ वटा गिद्ध मरेको अवस्थामा फेला परेका छन्। ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ। आइतबार कावासोती नगरपालिका–११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन्।
मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए। सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment