थापा नेपाली सेनाको रथीमा बढुवा
काठमाडौं। नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन्। उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन्। रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन्। प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन्।
रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत छन्। ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment