तमलोपा र जप्रपा नेपालबीच सहकार्यका लागि ५ बुँदे सहमति

डिसी नेपाल
९ फागुन २०८० १२:०७
48
Shares

काठमाडौं। हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ।

बुधबार भएको सहमतिको पाँच बुँदामा ‘नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई-मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउन’ उल्लेख गरिएको छ।

उक्त विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *