नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

डिसी नेपाल
११ फागुन २०८० ९:०७

बारा। बाराको निजगढ नगरपालिका(९ स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका(२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *