प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास–चारको अवलोकन
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गरेका छन्।
सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे।
अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरू भएको अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार एक सय २५ सैनिक सहभागी छन्। अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment