धादिङमा जिप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना घाइते

डिसी नेपाल
१३ फागुन २०८० ६:५१
64
Shares

धादिङ। थाक्रे गाउँपालिका वडा नम्वर ८ काउले भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन्।

धुनीवेशी नगरपालिकास्थित नौविसेदेखी काउले गाउँतर्फ जाँदै गरेको बा १६ च ८११३ नम्वरको सो जिप कच्चि सडकबाट अन्दाजी एक सय पचास मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा काउले निवासी ८१ वर्षीय शेरबहादुर तामाङ भएको इलाका प्रहरी कार्यालय खानी खोलाले जनाएको छ। दुर्घटनाका अन्य पाँचैजना घाइतेहरुलाई थप उपचारका लागि काठमाडाैंस्थित ट्रमा सेन्टर पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *