शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

डिसी नेपाल
१४ फागुन २०८० १९:५२
92
Shares

धनगढी। कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए।

सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए। उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए। भारतमा रहेका सुनीताका श्रीमान् भने उनी हराएपछि घर आएको विनोदले बताए। सुनिताका ४ छोराछोरी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *