२०८३ सालभित्र काठमाडौं-निजगढ फास्ट ट्रयाकको काम सकिन्छ : रक्षामन्त्री खड्का

डिसी नेपाल
१८ फागुन २०८० १६:४६

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएको काठमाडौं–निजगढ फास्ट ट्रयाक २०८३ सालभित्र सम्पन्न हुने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सकिने बताएका हुन् ।

‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *