प्रदेश गृहमन्त्रीहरुको समन्वयात्मक बैठक सम्पन्न, प्रहरी समायोजन गर्न जोड

डिसी नेपाल
१९ फागुन २०८० १५:३३

सुर्खेत। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्रीहरुको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि.सी.को अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो । त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ ।

बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जि.सी.सहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको उपस्थिति रहेको थियो ।

यस्तै, बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैध्यको समेत उपस्थिति रहेको थियो ।

बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरि आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजन लगायतका विषयमा थप छलफल गर्न पुनः समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा बोल्दै मन्त्रीहरुले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *