भैरहवा विमानस्थल कुनै पनि हालतमा चाँडो संचालनमा ल्याउँछौंः परराष्ट्रमन्त्री साउद

डिसी नेपाल
१९ फागुन २०८० १५:५६

भैरहवा।परराष्ट्र मन्त्री एनपी साउदले रुपन्देही नेपालको अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको बताएका छन्।

नेपलाी कांग्रेस क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साउले यो बुद्ध जन्मस्थल संसारकै महत्वपूर्ण मानिने बौद्ध सम्पदाको केन्द्रको रुपमा रहेको बताउदै सबैका लागि यसले नेपाललाई चिनाउने गौरवको कुरा रहेको बताए ।

नेपाल भारतको व्यापारका सन्दर्भ र अन्य कुरामा पनि महत्वपूर्ण ठाउको रुपमा रुपन्देही रहेको तथा छोटो अवधिमा बजार, शहर व्यापारको बृद्धि छोटो अवधिमा तिव्र गतिमा भइरहेको बताए ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका परराष्ट्रमन्त्री साउदले नेपाल सरकारले एडीबीको ऋण लिएर अन्तराष्ट्रि विमानस्थल निर्माण भएको छ । केही प्रविधिक कमिकमजोरीले विमानस्थल नियमित संचालनहुन नसकेको मा त्यसका लागि सरकारको तर्फबाट लगातर पहल गरिरहेको बताए ।

मन्त्री साउदले भने,“प्रधानमन्त्रीको भारत भ्रमण, भारतिय परारष्ट्र मन्त्री आएको बेला र केही दिन पहिला म आफैले विमानस्थलको संचालनको बारेमा गम्भिररुपले कुरा राखेको बताए । सरकारको अर्बौ लगानीमा बनेको विमानस्थल कुनै पनि हालतमा चाँडो भन्दा चाँडो हामीले संचालन गर्छौ।”

सरकारले कति संचालन गर्न सक्छ, अन्तरािष्ट्रय निजी कम्पनिलाई संचालन गर्दा कस्तो असर पर्छ भन्ने बारेमा सरकार  संचालनको विषयमा चिन्ता र छलफल गरिरहेको बताए । उनले मित्र राष्ट्र भारतसँग सिमरा रुट अति व्यस्त भएकोले थप रुटका लागि  पनि छलफल भइरहेको बताए ।

मध्यम स्तरको जहाज एटीआर ७२, ४ हजार क्लीयरेन्सको जहाजमा सहमत जनाएपनि हामीले बोइङकै लागि पहल गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *