प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली

डिसी नेपाल
२० फागुन २०८० २१:०३

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न बालुवाटार पुगेका छन्।

सत्ता गठबन्धनमा किचलो बढिरहेको बेला अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।

सत्ता गठबन्धनमा अविश्वास बढेसँगै आइतबार प्रधानमन्त्री भेट्न बेलुका बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको बुझिएको छ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिँएसँगै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले सत्तारुढ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँगको भेटवार्तालाई निरन्तरता दिइरहेका छन्।

सत्ता गठबन्धनमा राष्ट्रियसभा अध्यक्षलाई लिएर असहमति व्याप्त छ। आज (आइतबार)देखि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिएसँगै नयाँ अध्यक्षको चयन गर्ने रस्साकसी बढेको छ।

यस अघि सत्ता गठबन्धनमा कांग्रेसलाई अध्यक्ष दिने सहमति भएको बताइएपनि सत्तारुढ माओवादीले आफ्नो उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनमा संकट निम्तिएको छ।

यही विषयलाई लिएर सत्ता गठबन्धनमा संकट आइरहेको बेला अध्यक्ष ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटवार्तालाई केही दिनयता निरन्तरता दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *