कञ्चनपुरमा वडाअध्यक्षसहित ६ जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरमा एक वडाअध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन्।
उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ। कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment