जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गर्यो

डिसी नेपाल
२४ फागुन २०८० १५:१५

बारा। जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका(९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन् । बारा प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुरमा चेकजाच गर्दा नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक नबिन राईले जानकारी दिए ।

पक्राउ परेकालाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *