मिटरब्याज पीडितको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यबद्धता

डिसी नेपाल
२४ फागुन २०८० १६:४७
12
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।बिहीबार काठमाडौंको भृकुटिमण्डपमा पुगेर भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका हुन्।

भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका भट्टराईले गरिब निमुखाहरुलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए।

उनले आफ्नो समस्या समाधानका लागि काठमाडौं आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने जिकिर गरे। भट्टराईले माग पुरा हुन नसके मिटरब्याज पीडित लगायतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *