राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छः कमल थापा
काठमाडौं।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्ने भन्दै आफूहरुले राजाको कुरा उठाएर निरकुंशता ल्याउन नखोजेको बताएका छन्।
राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।
“सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्वधर्म समभाव हाम्रो अवधारणा हो” थापाले भने ।
समग्र रुपमा भन्दा अहिलेको व्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहरी राजनीतिको अन्त्य आवश्यक भएको समेत थापाले औंल्याए।
गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उनको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाले दाबी गरे।
पार्टी आबद्ध पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले पूर्वप्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए।
कार्यक्रममा संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment