महानगरद्वारा पोखराका महिला उद्यमी सम्मानित

डिसी नेपाल
२४ फागुन २०८० २३:१२
8
Shares

कास्की। पोखरा महानगरपालिकाले एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज महानगरका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महानगरपालिकाभित्र सञ्चालित विभिन्न व्यावसायिक फार्मका २० सफल महिला उद्यमीलाई महानगरले प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको हो।

महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रममार्फत ऋण लगेर व्यवसाय गरेका मध्येबाट १० तथा महानगरभित्रका अन्य १० सफल उद्यमी महिलालाई जनही रु पाँच हजार र सम्मानपत्रबाट सम्मान गरिएको हो। उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत सम्मानित हुनेमा पोखरा–७ को अस्मी खाजा घरकी सञ्चालक शान्तिमाया गुरुङ, पोखरा–३२ स्थित बसन्ती पशुपन्छी तथा कृषि फर्मकी बसन्ती कामी विक, पोखरा–२४ मा रहेको पुप्पा पशुपालन तथा कृषि फार्मकी पृष्पा कार्की र पोखरा–१६ स्थित सम्पूर्ण राइस मिलकी दमयन्ती आचार्य रहेका छन्।

यसैगरी पोखरा–५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा–१५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा–३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फार्मका पुष्पलता पण्डित, पोखरा–३३ स्थित रातमाटे बाख्रा तथा पशुपन्क्षी फार्मका पवित्रा मल्ल ठकुरी, पोखरा–१५ को शीतल पन्क्षी फार्मकी पञ्जा परियार, पोखरा–१६ मा रहेको अतिथि झोला उद्योगकी पार्वती थापा बस्नेतलाई सम्मान गरिएको छ।

पोखरामा सञ्चालनमा रहेका उद्योगमध्येबाट ग्लोरी फेसन होमकी शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगकी सीता गुरुङ, दिप डेरी उद्योगकी पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीकी सुनिता श्रेष्ठ, सफा साबुन उद्योगकी सीता सुवेदी सिग्देल तथा राजीव रोशनी पशु तथा कृषि फार्मकी सीतादेवी भुर्तेल, हरियो एग्रो इन्डस्ट्रिज प्रालिकी रोशनी शर्मा आचार्य, ऋतु सौगातकी सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगकी पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रकी सविता श्रेष्ठलाई पनि सम्मानित गरिएको छ।

सम्मानित हुनुहुने सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–१५ का वडाध्यक्ष तोरण बानियाँलगायतले सम्मान गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *