गुप्तकालमा निर्माण गरिएको भनिएको मौलापुरमा शिवरात्रीको रौनक (तस्वीरसहित)

डिसी नेपाल
२५ फागुन २०८० १२:२०

रौतहट। मधेश प्रदेश प्रमुख रामचन्द्र मण्डलले रौतहटको मौलापुर महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन सक्दो पहल गर्ने बताएका छन्।

मौलापुर स्थित पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महोत्सवको अवलोकन गर्दै सभामुख मण्डलले सो कुरा बताएका हुन्। उनी हिजो देखी सुरू विधिवत रुपमा सुरु भएको मधानी महायज्ञमा प्रमुख अतिथिको रूपमा सहभागी हुदैँ सो पहलकदमी गर्ने जनाएका हुन्।

उक्त अवसरमा पुरातात्विक महादेव मन्दिर मौलापुर पतौरा छेउमा आयोजित धार्मिक कार्यक्रममा नेपाल र भारत बाट आएका कलाकारहरु द्वारा शिवालिला, झाँकी लगायत बिभिन्न प्रस्तुती प्रदर्शन गरिएको थियो।

सो अघी प्रदेश प्रमुख मण्डल मन्दिरको करीब ५० मीटर उत्तर तर्फ उत्खनन भईरहेको पुरातात्विक महत्व बोकेको सम्पदाको अवलोकन गरेका थिए।

अवलोकन पश्चात उनले मौलापुर स्थित पुरातात्विक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन आफूले पूर्ण प्राथमिकताका साथ सरकारलाई सिफारिस गर्ने बिश्वास दिलाएका थिए।

उक्त अवसरमा पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह, मौलापुर नगरप्रमुख रिना कुमारी साह, पूर्व सांसद समिना हुसैन, लगायतको सहभागिता रहेको थियो।

पाँच दिवसीय मधानी महोत्सव २०८० मौलापुरमा बुधवार देखि प्रारम्भ भएको छ। हिजो पहिलो दिन भगवान शिवको जन्ती
आएको थियो।

भगवान शिवसहित विभिन्न देवी देवताको आकृति बनेर गाजाबाजा, झाँकी कीर्तन, हाती, घोडा, नन्दी भृङ्गी सहित मौलापुर नगरपालिका अन्तर्गत चिरचिरिया गाउँ छेउ बाट सैयौंको संख्यामा बिभिन्न सवारी साधन,जन्तीहरु पुरातात्विक मन्दिर प्राङ्गणमा पुगेको थियो। आज सांस्कृतिक बिशेष कार्यक्रम रहेको छ।

सांस्कृतिक कार्यक्रममा बलिउड अभिनेता गोविन्दा आहुजा लगायत नेपाल र भारतको ३० भन्दा बढी कलाकारले आआफ्नो प्रस्तुती दिने मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

त्यस्तै २६ गते शनिवार अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्ती, खेलाडीको बिशेष सहभागिता हुदैछ ।

भारतकी अन्तर्राष्ट्रिय कुस्ती खेलाडी गोल्ड मेडलिस्ट बबिता फोगाट सहित नेपाल र भारतको दर्जनौं खेलाडीले प्रतिस्पर्धा गर्ने अधिकृत साहले जानकारी दिएका छन।

उत्खनन बाट निस्किएको पुरातात्विक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पहलमा २०७६ सालदेखि प्रत्येक बर्ष महा शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

यस अघि मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो। उत्खनन पछी नेपाल सँगै बेलायतका पुरातत्व बिदहरुले कर्नाटकालिन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिर संगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको जिकिर सुरु भएको हो।

भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद बिधा चौधरीले मन्दीर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुईहजार वर्ष अघिको गुतकालको भएको जिकिर गरेका थिए।

केही महिना अघि उनी मौलापुर पतौरा स्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भईरहेको स्थान बाट निस्किरहेको इँटलाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताएका छन्।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए। यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भईरहेको उत्खननको स्थलगत निरीक्षण पछि त्यसको बिस्त्रित अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका थिए।

नेपाल सरकार र तत्कालिन बिद्रोही माओवादी बीच सशस्त्र द्वन्द उत्कर्षमा रहेको बेला एकजना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटिएको थियो।

सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरीएको थियो ।आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरमा जारी पुरातात्विक उत्खनन बाट दुनियालाई चकित पार्ने तथ्यहरु बाहिर आईरहेको  बताएका छन्।

उनले भने, ‘पुरातत्वबिदको अनुसार यो नेपाल मै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अबशेष हो । यस्तो अवशेष दुनियामा बिरलै पाईनन्छ । यो कति पुरानो हो? फोटोबाटै बुझन सक्नुहुन्छ । यो हाम्रो पुस्ताका लागि अनुपम उपहार हो, यसको संरक्षण र पुनर्निर्माण गर्न जरूरी छ ।’

उनका अनुसार पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सुचिकृत गराउन नेपाल सरकारसँग उनले अनुरोध गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *