सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

डिसी नेपाल
२५ फागुन २०८० २१:४२

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

शुक्रबार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको बताइएको छ। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा ९माओवादी केन्द्र०ले साथ छोडेसँगै अल्पमतमा परेका छन्। यसर्थ उनले मन्त्रिपरिषद्मा स्वतन्त्र सांसद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *