सरकार परिवर्तनको खेलमा कांग्रेस लाग्दैनः महामन्त्री शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन्।
नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेपनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने बताए। उनले फेरि सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारे।
उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई एक बर्ष काम गर्न दिएर समिक्षा गर्ने तयारी गरे पनि प्रधानमन्त्रीले हतारो गरेको बताए।
शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उनले धोका दिएकाहरु एक ठाँउ आए बाँकी व्यवस्था आफै हुँदै जाने जिकिर गरे।
त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment