मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक : मन्त्री महासेठ

डिसी नेपाल
२६ फागुन २०८० १८:०१

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रकाबीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने भन्दै मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने जिकिर गरे।

वर्तमान सरकार मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको उनको भनाइ छ। महासेठले अब मुलुकको अवस्था यसअघिको भन्दै सुधार हुँदै जाने बताए। उनले सरकारबाट हुन सक्ने सवै प्रकारको सहयोग नीजि क्षेत्रलाई गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएको उल्लेख गरे।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली बजारको उत्पादनमा गिरावट आउनुको कारण पत्ता लगाई निजि क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए। उनले स्वेदशी वस्तु र सेवाको बजारीकरणका लागि निर्ममता पूर्वक कारण खोजी गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री लगायतसँग मुलुकको अर्थतन्त्र र आर्थिक एजेण्डका बारेमा जानकारी दिन छलफल आयोजना गर्न लागिएको जानकारी दिए। उनले निजि क्षेत्रको प्रोटोकल निर्धारण गर्न माग गरे।

त्यस्तै प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै सरकारले निर्यातमा सहजीकरण गर्नुपर्ने बताए। कार्यक्रममा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *