राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ।
बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment