युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

डिसी नेपाल
२७ फागुन २०८० १८:४३
40
Shares

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ।

आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ। ७३ वर्षीय शर्मा २०७८ साल माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

नेपाली काग्रेस बाँकेको पूर्वसभापति रहेका उनी विद्यार्थी राजनीीत हुँदै राजनीतिमा प्रवेश गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *