किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२८ फागुन २०८० ९:४६
44
Shares

बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ काठमाडौं। बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो।

फागुन ११ गते दिउँसो १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ। गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्की सहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार पकाउ परेका बोहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *