नारी र सृष्टि

बंशीकुमार शर्मा
२९ फागुन २०८० ११:००

“यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता”

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन्। वैदिक सनातनको यो श्लोकबाट थाहा हुन्छ आदिशक्ति नारीको सम्मान गर्दा मात्र देवता खुशी हुन्छन्।
नारी विना सृष्टि सम्भव छैन। वैदिक कालदेखि हालसम्म नारी शक्तिकी खानी भएको कुरामा सबै सहमत छन्। सत्य, त्रेत्रा, द्वापर युगमा नारीको सम्मानजनक गाथा भएको पाइन्छ।

विद्याकी खानी देवी सरस्वती, धनकी देवी लक्ष्मी, शक्तिकी देवी पनि नारी नै थिए। अझ नारीलाई सम्मानका लागि नामोच्चरण गर्दा पनि राधाकृष्ण, सीताराम, गौरीशंकर, लक्ष्मी नारायण जस्ता नामका अघाडि नारीका नाम आएका छन्।  तर हाल २१ औं शताब्दीमा आइपुग्दा उनै नारीहरु शिक्षाबाट बन्चित छन्।

सम्पत्तिको आधिकारको लागि लडिरहेका छन्। शक्तिकी स्वरुपा देवी महाकाली नारी थिइन्। तर उनै नारी घरेलु हिंसाबाट पीडित छिन्। आखिरी कसरी नारी २१ औं शताब्दीमा आइपुग्दा पछि परे त? यो नै समीक्षाको विषय हो। हिन्दु धर्म शास्त्र र पूर्वीसभ्यता अनुसार

“नग्रहं गृहं मित्याहु गृहिनी गृहमुच्यते
गृहं गृहिणी हिनम अरण्यं सदृशायते ।”

त्यो घर हैन जहाँ गृहणीले घर त्याग गरेकी छे। गृहिणी नभएको घर जंगल सरह हुन्छ। यही श्लोकबाट चरितार्थ हुन्छ संस्कार र संस्कृतिमा नारीको कति सम्मान छ। नारीसँग जस्तो सुकै समस्यालाई सामना गर्न सक्ने क्षमता हुन्छ। त्यसैले नारीलाई प्रकृतिसँग तुलाना गरिएको हो।

तर विडम्बना मान्नु पर्दछ, परापूर्वक कालमा देवताहरुको उद्धारको लागि अघि बढ्ने शक्ति स्वरुप नारी आज घरेलु हिंसा जस्तो सामाजिक अपराध सहन बाध्य छन्, शिक्षा, स्वास्थ्य, सम्पत्ति, नागरिकता, राजनीतिक सहभागीतको लागि आवाज उठाइरहेका छन्।

भर्खरै ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मानाइयो जसमा महिला हकहितका पक्षमा धेरै कुरा गरियो तर ती कुरा व्यवहारमा कति लागु भए भएनन् यसको लेखाजोखा अहिलेसम्म भएको पाइँदैन।

तसर्थ नारीहरुका हित र अधिकारका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सम्मानका साथै नीति निमार्णमा महिला सहभागिता नभएसम्म सांकेतिक रुपमा यस्ता दिवस मनाउनु कुनै अर्थ रहँदैन त्यसैले महिलामैत्री कानून संविधान बनाउनु सकेमात्र यस्ता दिवस मनाउनुको औचित्य हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *