बाबुछिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ सुरु

डिसी नेपाल
१ चैत २०८० २१:०९

काठमाडौं। ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ। बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा २६ पुरुष र १५ जना महिलाको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले प्रतियोगिताले स्वास्थ्यको क्षेत्रमा मात्र नभएर भौतिक विकासको लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पर्यटन प्रवद्र्धनमा यस किसिमको कार्यक्रमको महत्वपूर्ण योगदान रहन्छ। आगामी दिनमा यस्ता खालका प्रतियोगिताले निरन्तरता पाओस्। त्यसका लागि स्थानीय निकाय र सघंीय सरकारको तर्फबाट पनि आवश्यक सहयोग र प्रोत्साहन गरिनुपर्छ।’

पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले विश्वकीर्तिमानी स्व बाबु छिरी शेर्पाको योगदानलाई स्मरणीय बनाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने भन्दै साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ।

उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछभने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका छन्।

प्रख्यात आरोही स्व बाबु छिरी शेर्पाले १०आँैं पटक सगरमाथा शिखर (चार पटक चीन तर्फबाटसहित) आरोहण गरेका थिए। उनले वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दाबढी समय बिताएको र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा आरोहरण गरी सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए। सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११औँ पटक आरोहणका क्रममा उनको निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *