नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको शव फेला
मोरङ मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको शव फेला परेको छ। सिरहा घर भएकी चन्द्रीका कुमारी दासको शव फेला परेको प्रहरीले जनाएको छ।
दासको कोठा अस्पताल नजिकै रहेको छ। सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो। शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो। यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment