रौतहटबाट ६ जना युवाले थाले अयोध्यासम्म पैदल यात्रा

डिसी नेपाल
३ चैत २०८० १७:०१
268
Shares

रौतहट। रौतहटबाट ६ जना युवाको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन्।

जिल्लाको दक्षिणी भेग भारतीय सिमाना संग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका हुन्।

अयोध्या धाममा हालै उदघाटन भएको भगवान राम लगायत मन्दिरहरुमा दर्शन गर्ने उद्देश्य लिएर सनिवार उनीहरूको टोली घरबाट पैदलयात्रा सुरु गरेका हुन्।

धार्मिक यात्रामा निस्केका युवाहरुको टोलीमा राजापुर नगरपालिका ५ का बर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरी नारायण साह र लालबाबु साह रहेका छन। राजपुर देखी पैदल हिंडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन।

धार्मिक यात्राको लागी तयार भएर घरबाट निस्कँदा राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतकाले खाँदा ओढाएर सम्मानसहित बिदाई गरेका थिए। राजपुरबाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिना अगाडि साईकल चढेर भारतको जमु स्थित माता बैषनो देवीको दर्शन गरेर फर्केका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *