चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

डिसी नेपाल
७ चैत २०८० १४:२१

पाँचथर। पाँचथरमा चट्याङले लागेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

ढोका उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । त्यहाँबाट राति नै थप उपचारका लागि जिल्ला अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

गस्तीमा रहेका बेलामा हावाहुरीसहित पानी परेपछि चौकी फर्किर ढोकामा उभिएका बेला उनीलाई चट्याङ लागेको हो ।  मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *