वर्षाले राजधानीको जनजीवन प्रभावित (तस्बिरहरु)
काठमाडौं। बुधबार बिहानदेखि जारी हल्का वर्षाले काठमाडौंको जनजीवन प्रभावित बनेको छ।
देशका विभिन्न भूभाग लगायत उपत्यकामा जारी वर्षाले यहाका मानिसहरुको दिनचर्यामा असर पारेको छ।
जारी वर्षाले पैदल र गाडीमा सवार यात्रुलाई पनि गन्तव्यमा पुगेर फर्कन असहज बनाएको छ भने दैनिकजसो ज्यालादारी काम गर्नेहरुकाे कामकाजमा समेत असर पुर्याएको छ।
मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।







No ads found for this position
प्रतिक्रिया


Facebook Comment