खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ
काठमाडौं। खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन्।
शुक्रबार ललितपुरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटी हटाउदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन्।
उनले खेलसँग सम्बन्धित सरोकारवाला निकायसंगको छलफलका आधारमा त्यसलाई परिमार्जन गर्ने जिकिर गरे। उनले व्यक्ति केन्द्रीत नभई नीति केन्द्रीत खेल क्षेत्र हुनुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले योगदानका आधारमा नभई खेलकुद क्षेत्रमा राजनीतिक आधारमा नियुक्त हुने गरेकाले बेतिथी देखिएको उनले बताए।
त्यस्तै उनले खेलकुदमा योगदान गरेका व्यक्तिहरुलाई बिभिन्न निकायमा नियुक्त गर्न सके खेल क्षेत्रको विकास हुने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment