मधेशमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्रीले लिए शपथ

डिसी नेपाल
१० चैत २०८० १८:२३
72
Shares

काठमाडौं। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरे।

शनिबार एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। एमालेका प्रदेशसभा सदस्य शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री, राजकुमार लेखीले गृह र प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।

त्यस्तै केशव रायलाई राज्यमन्त्री रुपमा सपथ गराइएको छ। शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन्।

यसअघि एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *